रुकुम बाँफिकाेट गाउँपालिका वडा नम्बर पाँच निवासी अमृता केसी र उहाँका श्रीमान खर बहादुर केसीको काेराेनाले जेठ २ र ४ गते निधन भयो ।रुकुम पश्चिमकाे सल्ले अस्पतालमा दुई दिनको फरकमा आमा बाबाको निधन हुदा ३२ वर्षकी कान्छी छाेरी देवि केसी भने काठमाडौँ मै थिइन ।लामाे समय देखि पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकि देवीलाई आमा बाबाकाे मृत्युको खबरले मर्माहत बनायो ।
निषेधाज्ञामा काठमाडौमै बस्ने साेच बनाएकि देवि आमा बाबाको निधन भएपछि जसरी पनि रुकुम जाने याेजना बनाइन ।आमा बाबाकाे अन्तिम अनुहार हेर्न नपाए पनि हिन्दु संस्कार अनुसारको विधिमा सहभागी हुन देवि मंगलबार साँझ माछापाेखरी काठमाडौ बाट रुकुम पश्चिमकाे लागि गाडी चढिन,।सँगै सिटमा बसेका रुकुम जाने एकजना यात्रुलाई आफ्नो सबै दुख सुनाइन् ।उनको दुख सुनेर ती यात्रु पनि भावुक बने ।
दुई दिनको फरकमा काेराेनाकाे कारणले आमा र बाबाको निधन भयो भन्दै उनी निकै चिन्ताजनक अवस्था थिइन् ।गाडी अगाडि बढ्यो ,गाडीमा यात्रुहरु खचाखच थिए ।बस भित्र टेक्ने ठाउँ थिएन ।कमल ताल डिलक्सकाे उक्त गाडीले रुकुम लैजाने करिव ५८ जना यात्रुहरु बाेकेकाे थियो ।माछापाेखरी बाट साँझ ८ बजे हिडेकाे गाडी बुधबार बिहान ५:३० बजेकाे आसपासमा नवलपरासीको दाउन्नेमा दुर्घटना भयो ।दैवदशा पनि मान्छेलाई कस्तो एकैपटक लाग्ने ? उक्त दुर्घटनामा उनै देवीकाे दुखत निधन भयो ।उनलेे दुर्घटनामा ऐया भन्न समेत पाइनन्।
देवीकाे मृत्युको खबरले रुकुम पश्चिम बाँफिकाेट गाउँपालिका वडा नम्बर पाँच स्थित स्यार्पुगाँउ गहिरो शाेकमा डुबेको छ ।आमाको बैशाख २ गते निधन भएपछि काजकिरिया बसेका छाेरा तिलविर केसीलाई बैशाख ४ गते बाबुकाे निधन भएपछि झनपिडा माथि पीडा थपिएको थियो ।
बाबा आमाको १३ दिनकाे पुण्य तिथिमा सहभागी हुन घर फर्कदै गरेकि बहिनिको मृत्युको खबरले एउटा दाइ तिलबिर केसी र एउटा दिदी हिरा केसी भावविह्वल बनेका छन ।उच्च शिक्षा पढ्दै गरेकी देवी लामाे समय देखि काठमाडौंमा बस्दै आएकि थिइन ।साथीहरू सँगै अत्यन्तै मिलनसार स्वभावकी देवीकाे निधनकाे खबरले उनका सहपाठीहरु पनि स्तब्ध छन । हाम्रा खबरबाट