राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाएर बिजय भएका हुन । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देबकोटाले बिजय हासिल गरेका हुन । बादलको मतभार भने ४०१४ रहेको छ ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा खिमलालले ५८ पाउँदा बादलले ४५ मत तथा तामाङले २ मत पाए । खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ भने बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ ।