रोल्पाको गंगादेव गाउँपालिकामा कोभिड पोजेटिभको हुनेहरुको संख्या १५४ जना पुगेका छन् । १०६ जनाको परीक्षण गर्दा थप ५६ जनामा कोभिड- १९ पोजेटिभ देखिए सगै संक्रमितको संख्या १५४ पुगेको हो । भने ५० जनाको कोभिड नेगेटिभ देखिएको छ ।
गाउँपालिकामा कोभिड -१९ का बिरामीहरु बढ्दै गएपछि स्थानीय तहले कोभिड १९ ‘मास स्क्रिनिङ’ गरेको थियो । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरु र कोभिड लक्षण देखिएका १२३ जना बिरामीहरुको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।
परिक्षणको लागि पठाएका मध्यय १०६ नतिजा आएको र १७ जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य संयोजक त्रिभुवन घर्तिमगरले जानकारी दिए
हाल सम्म गाउपलिकामा २०८ जनाको पिसिआर परिक्षण गरिएको छ ।