• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस रोल्पाले गर्यो प्रतिनिधि सभा विघटनको विरोध

रोल्पा २०७८ जेष्ठ ९ गते आइतवार

नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रेस विज्ञप्ति जारी गरेको छ । ओली सरकारद्वारा दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेस रोल्पाका सभापति एवम् पूर्व राज्यमन्त्री अमरसिंह पुनले विज्ञप्ति जारी गर्नु भएको छ ।

नेपाली कांग्रेस रोल्पाले नेपाली जनताको लामो संघर्षबाट निर्मित संविधानको मुल मर्म र भावना विपरीत म नै राज्री हुँ भन्ने भावना बोकी राष्ट्रपतिलाई समेत प्रभावमा पारी राष्ट्रपति जस्तो गरिमामय संस्थाको अवमूल्यन गरेर कठपुतली बनाई प्रधानमन्त्री ओलीले पुन: दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेको प्रती ध्यानाकर्षण भएको जनाएको छ ।

संविधानमाथि प्रहार गर्ने प्रधानमन्त्री ओलीको निरन्तरको कदमले लोकतन्त्र मात्र कम्जोर भएको छैन प्रधानमन्त्री र राष्ट्रपति समेत संविधानको भावना विपरीत निरंकुश र तानाशाही बाटो रोजेको प्रमाणित हुन्छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउदै संविधानबादको लोकतान्त्रिक मार्गमा फर्काउन सबै राजनीतिक दल र नेपाली जनतालाई एकजुट हुन पनि सभापति पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस