• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुलीको नीति तथा कार्यक्रम: खरका छानो हटाउने देखि डाक्टर-पाइलट पढाउनेसम्म

दाङ २०७८ असार ५ गते शनिवार


‘शिक्षा, स्वास्थ्य र सुरक्षित आवासमा लगानी समृद्ध बंगलाचुलीको बिहानी ’ भन्ने मुलनाराका साथ शनिवार बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लासिग शिक्षा, स्वास्थ्य, र सुरक्षित बसोबास निर्माणको योजनालाई प्राथामिक्तामा राखेको छ । गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले उक्त अवसरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र सुरक्षित आवासलाई आगामी आर्थिक वर्षको मुख्य प्राथामिक्तामा राखेको छ । सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा बहुविद्या प्राविधिक शिक्षाको नीति निर्माण गर्नुका साथै विपन्न, द्वन्द पीडित अपाङ्ग र शहिद परिवारका छोराछोरी जेहेन्दार विद्यार्थीहरु डाक्टर, पाइलट र इन्जीनियर अध्ययनका लागि एक विशेष छात्रबृत्ति प्रदान गरिने, सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै बैज्ञानिक, सीपमूलक , गुुणस्तर शिक्षा प्रदान गर्न बंगलाचुली शैक्षिक सुधार कार्यक्रम समेत सञ्चालन गरिने नीति तथा कार्यक्रम तय गरेको छ ।

त्यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि सबै वडामा आधारभुत स्वास्थ्य सञ्चालन तथा गुणस्तरीय , स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै बंगालचुली अस्पताल विशेषज्ञ चिकित्सक सहितको नमूना अस्पतालका रुपमा विकास गरी सञ्चालन गरिने तय गरेको छ  । त्यस्तै गाउँपालिकाले जेहेन्दार लक्षित तथा विपन्न वर्ग समुदायका बेरोजगार युवाहरु सरकारी सेवामा आकर्षित गर्न लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरी सरकारी सेवामा प्रोत्साहन गरिने ।
त्यस्तै गाउँपालिको ‘सुरक्षित घर सबैको रहर’ भन्न्ने मुलनारा आत्मसाथ गर्दै  गरिवीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार, सभ्यता विकास र सामाजिक रुपान्तरणका लागि खरको छानो विस्थापन कार्यक्रम सञ्चालन गरी खर छानो मुक्त पालिका निर्माण गरिने भएको छ ।

त्यस्तै स्थानीय उत्पादन र कृषि क्षेत्रको विकासका लागि एक गाँउ एक उत्पादन, एक वडा एक कृषि प्राविधिक व्यवस्थापन गरी  कृषि क्षेत्रको विकास फष्टाउदै लैजान र कृषि क्षेत्रको बढिभन्दा बढि किसानलाई आकर्षित गर्दैक एक वडा एक अन्न भकारी कार्यक्रम सञ्चालन गरिने । त्यस्तै जनयुद्ध र जनआन्दोलनका पीडित र उनका परिवारका राष्ट्र योगदान गरे वाफत मासिक दुईसय रुपैयाँ प्रोत्साहन  भत्ताको व्यवस्थापन गरिने छ । पैत्रिक सम्पत्तीमा छोराछोरी समान अधिकार प्रदान गर्ने परिवारलाई गाउँपालिको सम्मानको व्यवस्थापन गर्ने छ । गाउँ सभाको सहजीकरण गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले गर्नुभएको थियो । सभाको अध्यक्ष गाउँपालिकाका जेष्ठ नागरिक देवीराम सारु मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस