• एउटै दृष्टि, भिन्न कोण
  • Search

यी हुन् कांग्रेसको १४ औं महाधिवेशनमा फेरि जिल्ला सभापतिमा दोहोरिन नपाउनेहरु (जिल्लाको नाम सहित)

काठमाडौ २०७८ असार २१ गते सोमवार

नेपाली कांग्रेसको संशोधित विधानमा लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने प्रावधान छ। त्यसै अनुरुप कांग्रेसका २५ बहालवाला जिल्ला सभापतिहरुले आगामी १४ औं महाधिवेशनमा फेरी सभापतिमा दोहोरिन पाउने छैनन्।

जिल्ला सभापतिमा उम्मेदवार दिन नपाउनेहरुलाई अहिले प्रदेश कार्यसमिति आकर्षण बनेको छ।

नेपाली कांग्रेस भित्र पहिलोपटक प्रदेश संरचना अनुसार कार्यसमिति बन्दै छ। धेरै जिल्ला कार्यसमितिमा बसिसकेका तर केन्द्रिय समितिमा पुग्न नसकेकाहरुको लागि प्रदेश कार्यसमितिको पदाधिकारी पार्टीमा सेट हुने अवसर जसरि आएको छ। उनीहरुको लागि प्रदेश कार्यसमितिमा सभापतिसहित पदाधिकारी दाबी गर्ने अवसर छ।

प्रदेश कार्यसमितिमा सभापतिसहित उपसभापति र महामन्त्री दुई/दुई, सहमहामन्त्री तीन र कोषाध्यक्ष एक जना पदाधिकारी रहने विधानको व्यवस्था छ।

बीचमा ग्याप रहेको अवस्थामा भने पुनः सभापतिमा उम्मेदवारी दिन पाउने छन्। नवलपरासी र रुकुम संघीयताका लागि विभाजन भएकाले ती जिल्लामा सभापतिको जिम्मेवारी सम्हालेको भए पनि दोहोरिन चाहे विधानले रोक्दैन।

जिल्ला सभापतिमा दोहोरिन नपाउनेहरुः

१. हिमालय कर्माचार्य, इलाम
२. उद्धव थापा, झापा
३. गोविन्द ढुंगाना, तेह्रथुम
४. नन्दमणि राई, भोजपुर
५. डिकबहादुर लिम्बु, मोरङ

६. राजीव कोइराला, सुनसरी
७. विदुर बस्नेत, उदयपुर
८. दिनेश यादव, सप्तरी
९. मदन अमात्य, ललितपुर
१०. जगदिश्वर नरसिंह केसी, नुवाकोट

११. हरिबहादुर घले,गोरखा
१२. टेकबहादुर गुरुङ, मनाङ
१३. अब्दुल रज्जाक, रुपन्देही
१४. सुरेन्द्रराज आचार्य, कपिलवस्तु
१५. अमरसिंह पुन, रोल्पा

१६. गणेश चन्द, सल्यान
१७. कीर्तिबहादुर खड्का, दाङ
१८. हर्षबहादुर बम, कालिकोट
१९. दीपकजंग शाह, जाजरकोट
२०. कृष्णकुमार बीसी, दैलेख

२१. सञ्जय गौतम, बर्दिया
२२. कविराज पण्डित, बाजुरा
२३. भरतबहादुर स्वाँर, अछाम
२४. नरनारायण शाह, कैलाली
२५. कर्णबहादुर मल्ल, डडेल्धुरा

प्रतिक्रिया दिनुहोस