• एउटै दृष्टि, भिन्न कोण
  • Search

विप्लव नेकपाका केन्द्रीय सदस्य ‘आदर्श’सहित १४ जनलाई रिहा गर्न सर्बोच्चको आदेश

काठमाडौ २०७८ असार २२ गते मङ्गलवार

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जनालाई रिहा गर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।

बजुरा कारागारबाट करिव १८ महिनापछि सर्बोच्च अदालतको आदेशबाट १४ जना रिहा भएका हुन । न्याय विभाग प्रमुख वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि जिल्ला अदालत बाजुराले कारागार पठाएको थियो ।

बरिष्ठ अधिवक्ता एकराज भण्डारीका अनुसार १४ जना लाई सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएको छ भने २ जनालाई थुनामै राख्न आदेश दिएको छ ।

२०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

५२ वर्षीय ओली रोल्पाको गंगादेव गाउँपालिका-३ जिनावाङ निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस