• एउटै दृष्टि, भिन्न कोण
  • Search

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

काठमाडौ २०७८ असार २८ गते सोमवार

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २८, साेमबार) निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा अहिले बिहान ९:३० बजे सम्पन्न भएकाे छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन् । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी १९ लाख ९९ हजार ९०० आवेदकको भने हात खाली भएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे ।

कसरी हेर्ने रिजल्ट ?

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np) नामक वेभसाइटबाट, एनएमबि क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nmbcl.com.np), मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट (https://www.manakamanalbs.com) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस