प्रदेश सभा सदस्यहरुले छनौट गरेको कृषि स्मार्ट गाउँहरु मध्ये गंगादेव गाउपलिका ३ मनिमारेमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वय समितिले सञ्चालन गरेको कार्य जिल्लाको उत्कृष्ट भएको छ ।
स्मार्ट गाउलाई नगद २५ हजार रुपैयाले समेत सम्मान गरेको छ । सो स्मार्टले आलु पकेट, रायोको बीउ उत्पादन र स्याउ खेतीलाई प्रबर्द्धन गरी आम्दानी गरेको स्मार्टका अध्यक्ष प्रेमबहादुर वलीले बताउनुभयो । आगामी दिनमा समेत कार्यलाई अगाडि बढाउन तयार रहेको अध्यक्ष वलीले बताउनुभयो ।
कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी सुचित्रा राई, जिल्ला हुलाक कार्यालय रोल्पाका कार्यालय प्रमुख विजय सत्याल, रोल्पा नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र पुन, पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, जुनकिरी साप्ताहिकका प्रकाशक एवं सम्पादक कविता उपाध्याय, मनिमारे कृषि स्मार्ट गाउ समितिका अध्यक्ष प्रेमबहादुर वली, सदस्य सचिव कुल बहादुर केसी लगाएतको आतिथ्यता रहेको थियो ।