स्थानियको तह निर्बाचन पश्चात् गंगादेब गाउपालिका रोल्पामा निर्बाचित जनप्रतिनिधिहरुरहेको गाउँसभाले गाउपालिका भित्ररहेका मोटरबाटो नियमितरुपमा संचालनमा ल्याउने भन्दै जेसिबि किन्ने निर्णय गर्यो । गाँउपालिकाको आर्थिक स्वामित्वरहेको उक्त मेसिनले पहिलो बर्ष निकै राम्रो काम गर्यो, बर्षातको समयमा बिग्रेका बाट समयमै खोल्ने र संचालनमा ल्याउने काम पनि भयो।
स्थानिय सरकारको सकारात्मक कामले सबै स्थानिय बासि खुसि पनि थिए, तर त्यो खुसि धेरै दिन टिक्न सकेन। गाउपालिकाको उक्त जेसिबि बिग्रेर अहिले अलपत्र अवस्थामा छ, ग्रामिणस्तरका बाटोहरु पहिरोको कारण मोटरहरु चल्न सकेका छैनन। कृषि उत्पादित आलु बाली बजार सम्म पुर्याउन समेत सकिएको छैन ।
स्रोतका अनुसार गाउपालिकाको जेसिबी १बर्ष यता प्रयोग बिहिन अबस्थामा छ, लामो समय मेसिनरी सामान संचालन समितिमा सदस्य समेत रहेका वडा नं ३ का अध्यक्ष जलेश कुमार केसी को घर नजिक निगरानिमै पार्किङ गरेर राखियो, पुन संचालनमा ल्याइएको जेसिबि झण्डै २ किमि अगाडी मोटरबाटो थन्किएको छ ।
२०७७ मंसिर महिनामा गंगादेब ३ को एक गाउमा पार्किङ गरि छोडिएको हो । बाटोमा रहेको जेसिबि अहिले अलपत्र जस्तै देखिन्छ। स्थानिय मोहन केसीका अनुसार केही महिना अगाडी अप्रेटरले जाँच गर्दा खिया लागेकाले यसको मर्मत गर्न झण्डै ८-१० लाख लाग्ने बताएका थिए । गाउपालिका बाट तलब नपाएर काम गर्न छोडेको बताउने अप्रेटर अहिले अर्को मेसिनमा काम गर्दै आएका छन ।
अहिले झ्वाट्ट हेर्दा खिया लागेर जेसिबि खतम अबस्थामा देखिन्छ, सोही गाउमा बर्षातको कारण बाटोहरु बिग्रिएर मर्मत नहुदा आलु बाली बजारमा पुर्याउन नसक्दा घरमै थन्किएको छ । उता वडा अध्यक्ष जलेश कुमार केसी भने बाटो सफा गर्ने मेसिन खोज्नुहोस रकम गाँउपालिकाले उपलब्ध गराउछ भनेको स्रोतले बतायो।
गाँउपालिकाले रकम तिर्नेगरि जेसिवि खोजि गर्दा पनि स्थानियले पाउन सकेका छैनन । पहिले काम गरेका जेसिबि मालिकहरु गाँउपालिकाले रकम भूक्तानि गर्ने गरि बाटो खुलाइदिन अनुरोध गरेपछि बिभिन्न बाहानामा पञ्छिने गरेका छन । एक महिना यता बाटो बन्द हुदा आलु घरमै सडेको स्थानियहरु बताउछन । ” बाटो बन्द भएका कारण ब्यापारिहरु गाउमा नआएकोले उत्पादित आलु बजार पठाउन नपाएको स्थानिय कृषक ओपेन्द्र वलीले बताए । उनले थपे नेताको पाएक पर्ने बाटो मर्मत भए यहाँ त नेता पनि छैनन, कसले मर्मतको कुरा उठाउछ र ?”
कृषि उत्पादन क्षेत्रमा रहेको सल्यानको पातिहाल्न बजार देखी बडाढुङ्गा-चाख्लेपातल सम्म ८ किमि मोटरबाटो सुधारको लागि गाउपालिकाको प्रयाप्त ध्यान गएको छैन। बाटो निर्माण जिबिसको खाध्यान्न सहयोग कार्यक्रम मार्फत डिप्रोक्स नेपालले निर्माण गरेको थियो ।