विश्व ब्रह्माण्डमा रहेका सवै नागरिहरुको रगत एकै प्रकारका हुने भएकाले यसमा कुनै पार्टी, धर्म, जात, लिंग संग विभेद नगरी समान तरिकाले रक्तदान गर्न प्रदेश सांसद दिपेन्द्र पुन “सिजल”ले आग्रह गरेका छन । रोल्पामा पहिलो पटक नेपाल रेडक्रस सोसाइटीले संचालनमा ल्याएको रक्तसंचार केन्द्र उद्घाटन गर्दै यस्तो बताएका हुन ।

उनले स्वास्थ्य क्षेत्रमा पनि रोल्पाले प्रगति गर्दै गएकाले यो रोल्पालीहरुका लागि खुसीको कुरा भएको बताए । रोल्पामा आज एक कार्यक्रमको आयोजना गरि रक्त संचार केन्द्रको उद्घाटन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले रोल्पा जिल्ला अस्पतालको समन्वयमा रेउघामा रक्तसंचार केन्द्र संचालनमा ल्याइएको हो । रक्त संचार केन्द्र उद्घाटन कार्यक्रमको अवसरमा बोल्ने बक्ताहरुले जिल्लामा रक्तसंचार केन्द्रकोे अति आवश्यक भएको अवस्थामा रेडक्रस र अस्पतालसंगको समन्वयमा स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै महत्वपुर्ण कार्य भएको बताएका छन । मानवीय जिवन रक्षाका लागि रक्तसंचार केन्द्र बरदान सावित हुने भएकोले यो सेवालाई दिगो बनाउनका लागि आम रोल्पालीहरु सवैको उक्तिकै आवश्यकता हुने बताएका थिए ।

रक्त संचार केन्द्रको दिगोपनाकोलागि जिल्लाका राजनितीक दल, जनप्रतिनिधी, कर्मचारी सबैको भुमिका महत्वपुर्ण रहनु पर्ने र भौतिक पूर्वाधार मात्र विकाश नभएकाले यस्ता खालका विकाश हुनु पनि अहिलेको आवश्यकता भएको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
