नेपाल विद्यार्थी संघले सानोठिमी क्याम्पस इकाइका पूर्वअध्यक्ष सतिश श्रेष्ठलाई रिहाइ गर्न माग गरेको छ।
क्याम्पसभित्र प्रवेश गर्ने क्रममा भएको सामान्य विवादमा क्याम्पस प्रशासनले प्रहरीलाई बोलाएर श्रेष्ठलाई पक्राउ गरेको नेविसंघको भनाइ छ।
नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आज विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। नेविसंघ महामन्त्री दीपक भट्टराईले सामान्य विषयलाई लिएर सानोठिमी क्याम्पसका स्ववियू उपसभापति श्रेष्ठलाई पक्राउ गरिएकोमा रिहाइ गर्न माग गरेका छन्।
उनलाई रिहाइ नगरे देशैभर नेविसंघले आन्दोलन गर्ने भट्टराईको भनाइ छ।