• एउटै दृष्टि, भिन्न कोण
  • Search

महिला हराएको सुचना !, देख्नु भएमा सम्पर्क गराइदिन छोराको अपिल

भक्तपुर २०७८ साउन २१ गते बिहिवार

स्थाई घर रसुवा भै बिगत १५ बर्ष देखी भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. २ गठाघरमा डेरा गरि छोरा बुहारी र श्रीमानसंग सयुक्त रुपमा बस्दै आएकी एक ५६ बर्षीय महिला साउन १९ गते बिहान अन्दाजी ६:३० बजे देखि सम्पर्क बिहिन भएकी छिन ।

ढल कुमारी न्यौपाने नाम गरेकी उक्त महिला सामान्य अवस्था मै रहेको छोरा भवानी प्रसाद न्यौपानेले जानकारी गराएका छन् । हाल सम्म खोजतलास गर्दा कुनै जानकारी छैन उनले भने आमाको खोजतलास गरिपाउ भनि जिल्ला प्रहरी कार्यालय भक्तपुर र काभ्रेलाई पनि जानकारी गराइसकेको र हाल सम्म कुनै जानकारी नआएको छोरा भावनी प्रसादले जानकारी गराए ।

आमाको खोजतलास गरिदिन र कोहि कसैले देखेमा प्रहरीलाई वा ९८४१७३८५४९ मा खबर गरि सहयोग गरिदिनको लागि छोरा न्यौपानेले सबैमा अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस