• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङमा काँग्रेस महाधिबेशन : शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन

दाङ २०७८ असोज ८ गते शुक्रवार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दाङका दश पालिकाहरु मध्य तीन वटा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन । केसी तुलसीपुर बजारमा ब्यापार ब्यबसाय गर्दै आएका ब्यक्ति हुन । केसी काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका प्यालनबाट गाउँपालिकामा उम्मेदवारी दिएको भएपनि सर्वसम्मत रुपमा उक्त पदमा निर्वाचित भएका हुन ।

प्रतिपर्धी फर्शाराम डाँगीले केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय शुक्रबार नै गरेपछि त्यहाँ सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न संभब भएको स्रोतले बताएको छ । डाँगी शान्तिनगर २ का वडाध्यक्ष पनि हुन ।

उपाध्यक्षमा द्रोर्ण केसी र लालबहादुर बुढाथोकी सर्वसम्मत भएका छन् । तर, शुक्रबार बेलुका साढे ६ बजेसम्म सचिव पदमा भने तीन जना आकाँक्षी बनेको हुँदा सर्वसम्मत बनाउने प्रयास जारी रहेको स्रोतले बताएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाको उत्तर पहाडी भूभागमा पर्ने बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक, केयरसिह गाहा मगर सर्वसम्मत चयन भएका छन ।

त्यस्तै लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । सभापति विद्याशरण चौधरी , उपसभापतिमा श्यामा रावत र प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैन कुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छ्न ।

प्रतिक्रिया दिनुहोस