• एउटै दृष्टि, भिन्न कोण
  • Search

तुलसीपुरमा १६० मत अन्तरले सुरेश हमाल विजयी, सचिवमा केसी र सुबेदी

दाङ २०७८ असोज १० गते आइतवार

नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत नगर सभापति पदका उम्मेदवार सुरेश हमालले प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गरेका छन् ।

तस्विर : शरद रेग्मी

सभापतिमा हमालले ३६८ मत प्राप्त गर्दा र प्रतिपर्धी कार्कीले जम्मा २०८ मत मात्रै प्राप्त गरेका छन् । सभापति पदमा १५ मत बदर भएको देखाएको छ ।

त्यस्तै उपसभापतिमा हमाल टिमका बिनिल केसीले ३५९ मत प्राप्त गरि बिजयी भएका छन् ।त्यस्तै उपसभापति पदमा कार्की टिमका गौरब सुबेदीले २८५ मत प्राप्त गरि बिजयी भएका छन् । यो टिमबाट जित्ने उनी पदाधिकारीमा एक्ला उम्मेदवार हुन । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए ।

त्यस्तै कार्की टिमका अर्का प्रतिस्पर्धीं अशोककुमार श्रेष्ठले १८९ मत प्राप्त गरेका थिए । त्यस्तै सचिब तर्फ हमाल टिमका बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरि बिजयी भएका छन् ।

प्रतिस्पर्धी कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको २१७ र परशुराम चौधरीले १७६ मत प्राप्त गरेका थिए ।

सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ६९ मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार शेषमणि भण्डारीले ३५१ मत प्राप्त गरेका छन् भने झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरि बिजयी हासिल गरेका छन् ।

सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले २१० र तिलसरा वलीले १७६ मत प्राप्त गरेका छन् । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस