• एउटै दृष्टि, भिन्न कोण
  • Search

मानव अधिकारको संरक्षण र सम्बद्धन लुम्बिनी प्रदेशको प्राथमिकतामा छ – मूख्यमन्त्री केसी

बुटवल २०७८ असोज १४ गते बिहिवार

मानव अधिकारको आम नागरिकलाई प्रत्याभूति गराउनको लागि प्रदेश सरकार निरन्तर लागि रहेको र हरेक नागरिकको मावन अधिकारको संरक्षण र सम्बद्धन गर्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ बताएका छन । बुटवलमा भएको राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरको विश्वव्यापी आवधिक समिक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा सम्बोधनका क्रममा नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसलाई पनि सामाधन गर्नका लागि राज्य नै लाग्नु पर्ने र त्यसका लागि संघीय सरकार बढी जिम्मेवार हुनु पर्नेमा जोड दिएका हुन ।

नेपाली जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधै तयार रहेको र सम्मान पूर्वक बाँच्न पाउने नागरिकको अधिकारलाई राज्यले सुनिश्चिता गर्न समेत निरन्तर लागेको जानकारी दिएका छन । मानव अधिकारको क्षेत्रमा काम गर्ने आयोग लगायत अन्य निकायहरु पनि अपसी सहकार्य र सहमतिबाट अगाडि बढेर नेपालमा माधव अधिकारमैत्री देश बनाउनको लागि सरकारसंग विगतदेखि हातेमालो गरि रहेको स्मरण गराउँदै आगामी दिनमा पनि त्यसलाई अझै बढवा दिन नागरिता सम्बन्धी अधिकारकालागि संघीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने, संघ र स्थानीय तहहरुलाई पुलको रुपमा जोड्ने कार्यमा निरन्तर लाग्दै प्रदेशलाई मानव अधिकार मैत्री बनाउन सकिने तर्क थियो। मावन अधिकारको क्षेत्र विशाल र विस्तृत रुपमा भएकोले गर्दा यसका अधिकार क्षेत्रका विषयमा सबैलाई बुझाउन आवश्यक रहेको बताएका थिए ।

मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिंगीय, धार्मिक, साँस्कृतिक विभेदका विरुद्ध लगायत सबै मानिसको जन्म शिद्ध अधिकारलाई प्रत्याभूति गराउनको लागि नेपाल सरकार पक्ष राष्ट्र भएकोले गर्दा नेपाल सरकारले आफै कार्यन्वय गर्नुपर्ने बताए। लुम्बिनी प्रदेश सरकार कानून, महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रस्तुतिकरणको क्रममा विश्व व्यापी मानव अधिकार महासन्धी ९ वटा मध्ये ७ वटा महासन्धीमा नेपाल पक्ष राष्ट्र भइ सकेको र नेपपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएकोले महासन्धीको पक्ष राष्ट्र भइसकेपछि दायित्व निर्वाह गर्नुपर्न पर्ने तर्क गरे ।

कार्यशालामा मानव अधिकार आयोग,जनप्रतिनिधी,मावन अधिकारकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस