• एउटै दृष्टि, भिन्न कोण
  • Search

काठमाडौँ महानगरसहित १० पालिकामा आज काँग्रेसको अधिवेशन हुँदै

काठमाडौ २०७८ असोज १६ गते शनिवार

नेपाली काँग्रेसको काठमाडौँ पालिका अधिवेशन आज हुँदै छ ।

काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो । काठमाडौँको दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा भने आज निर्वाचन हुने छैन ।

काँग्रेसको राजधानीमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।काँग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज काठमाडौँमा पालिका अधिवेशन हुन लागेको सहमहामन्त्री प्रकाशसरण महतले बताउनुभयो ।

केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसले आगामी मंसिर ९ देखि १२ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस