• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओबादी केन्द्र निकट पत्रकार संगठनको नाम फेरीयो अब प्रेस सेन्टर रहने

काठमाडौ २०७८ असोज १६ गते शनिवार

नेकपा माओवादी केन्द्रप्रति आस्था राख्ने पत्रकारहरुको संगठनले नाम परिवर्तन गरेर पुरानै नाम यथावत कायम गर्ने निर्णय गरेको छ । शनिवार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले अन्तिम विधान पारित गर्दै संगठनको नाम पुनः प्रेस सेन्टर राख्ने निर्णय गरेको हो ।

एमाले र माओावादी एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस संगठन बनेको थियो । पार्टी विभाजन भएपछि एमालेनिकट पत्रकार संगठनको नाम प्रेस चौतारी भए पनि माओवादी पत्रकारहरुको संगठनको नाम प्रेस संगठन नै रहेको थियो ।

बैठकले आगामी कार्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कार्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कार्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ । यो निर्णयसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत भएको संयोजक महेश्वर दाहालले जानकारी दिए ।

बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी संगठनको बिधान प्रस्ताव गरिएको छ । बिधानमा संघ, प्रदेश र स्थानीय पालिकाका शाखाहरुलाई बलियो बनाउने प्रस्ताव छ । पालिका समिति नबन्दासम्म जिल्ला समन्वय समिति नै कामकाजी हुनेछ ।

दाहालको अध्यक्षतामा भएको बैठकलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी पुनः जनतातर्फ फर्कनुपर्ने बताउनुभयो । उहाँले बर्जुवाको घेरामा बसेर क्रान्ति सम्पन्न नहुने भएकाले अब समाजवादी क्रान्तिका लागि सबै पार्टी कमिटी जनतामा फर्कनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस