दाङ तुलसीपुर उ.म.न.पा.को मोतिपुरमा हाइसले ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ गर्पा निबासी मोतिलाल बुढामगरका छोरा १८ बर्षका समयोग बुढामगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
तुलसीपुरबाट काठमान्डौका लागि छुटेको बा३ख ४४५२ नम्बरको हाइसले मोतिपुरको पेट्रोलपम्प नजिकै रा३प ३९०२ मोटरसाईकललाई बिहान ६ बजे ठक्कर दिएको थियो । घाइतेलाई रिफर गरिएपनि आफन्त नआएका कारण प्रादेशिकमा नै राखिएको छ ।