• एउटै दृष्टि, भिन्न कोण
  • Search

सल्यानमा माइत जान हिँडेकी महिला मृत फेला, जेसिबी चालकसहित ३ पक्राउ

सल्यान २०७८ असोज १८ गते सोमवार

सल्यानमा एक जना महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले जेसिबी चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी ५४ बर्षीया रामकली खत्री बाटोमै मृत अवस्थामा फेला परेपछि प्रहरीले जेसिबी चालक, सहचालक र साहुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।

खत्री शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान भनेर हिडेकी थिइन । खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले उक्त दिन त्यो समयमा अन्य कुनैपनि गाडी नचलेको र जेसिबी मात्रै सडक मर्मतका लागि हिडेको देखिएपछि घटना अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

मृतकको शरिरको ढाड, हात, कानमा गाडीले किचेको जस्तो घाउ खत रहेको प्रहरीले बताएको छ ।
घर र माइती घरको दुरी तीन कलोमिटर जति टाढा रहेको र बीच बाटोमा खत्रीको मृत अवस्थामा फेला परेको डिएसपी थापाले बताए ।

घटना अनुसन्धानका लागि सल्यान प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुरपनि ल्याएको थियो । डिएसपी थापाले कुकुरले पनि घटना अनुसन्धानमा धेरै सघाएको बताए ।

प्रतिक्रिया दिनुहोस