• एउटै दृष्टि, भिन्न कोण
  • Search

देशभर सरकारले खटायो अनुगमण टोली

काठमाडौ २०७८ असोज २१ गते बिहिवार

सरकारले सात वटै प्रदेशमा सहसचिव तथा उपसचिव नेतृत्वको अनुगमन टोली परिचालन गरेको छ। गृह मन्त्रालयले प्रत्येक प्रदेशमा एक सहसचिव र उपसचिवलाई अनुगमनमा खटाएका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने उपसचिवसँग शाखा अधिकृत खटाएका छन्।

उनीहरू चाडपर्व केन्द्रित सुरक्षा योजना र सोको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्नेछन्। आपूर्ति व्यवस्थापन बजार अनुगमन र उपभोक्ता अधिकार, यातायात व्यवस्थापन र सडक सुरक्षा, चाडपर्वको अवसरमा आयोजना हुने मेला महोत्सवको व्यवस्थापन, विभिन्न शक्तिपीठहरूमा गरिने पूजापाठ व्यवस्थापन, कोभिड- १९ महामारी र स्वास्थ्य मापदण्डको पालनाको अवस्थाबारे अनुगमन गर्ने छन ।

प्रदेश नम्बर १ मा सहसचिव विपन आचार्यको नेतृत्वमा उपसचिव अन्जन न्यौपाने खटिनेछन् । प्रदेश नम्बर २ मा उपसचिव विश्वराज मरासिनीलाई अनुगमनको जिम्मा दिइएको छ । बागमती प्रदेशमा सहसचिव थानेश्वर गौतमको नेतृत्वमा उपसचिव बासुदेव घिमिरेले अनुगमन गर्नेछन् ।

गण्डकी प्रदेशमा उपसचिव चेतराज बरालको नेतृत्वमा शाखा अधिकृत विजयराज पौडेल खटिएका छन् । सुदूरपश्चिममा उपसचिव सूर्य खत्रीको नेतृत्वमा शाखा अधिकृत नारायण खत्री अनुगमनमा जाने भएका छन् । लुम्बिनी प्रदेशमा सहसचिव हिरालाल हिरालाल रेग्मीको नेतृत्व उपसचिव गणेश पौडेलको टोली खटिएको छ । कर्णालीमा सहसचिव पुष्पराज शाही र उपसचिव फणिन्द्र दाहालको टोली खटिएको छ । 

प्रतिक्रिया दिनुहोस