• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाकी क्यान्सर पिडित लक्ष्मीको उपचारकोलागि आर्थिक सहयोगको याचना

रोल्पा २०७८ असोज २२ गते शुक्रवार


रोल्पाको गंगादेब गाउपालिका वडा नं ३ बडाढुङ्गा निवासी क्यान्सर पिडित  लक्ष्मी वलीको उपचारकोलागि आर्थिक समस्या भएको भन्दै श्रीमान हेमराज वलीले सहयोगकोलागि सबैलाइ अनुरोध गरेका छन । श्रीमती लक्ष्मी वलीको आन्द्रामा क्यान्सर भएपछि २०७८ असार महिना देखि भारतको सिम्लाको स्लोडन आइ.जि.एम.सी. क्यान्सर अस्पतालमा अप्रेशन भई  उपचार भैरहेको र अस्पतालबाट डिस्चार्ज गर्न आर्थिक अबस्था कम्जोर भई समस्या भएकोले सहयोग गरिदिन अनुरोध गरेका हुन ।

गंगादेब गाउपालिका निवासी  हेमराज वली एक साधारण कृषक हुन। उनको आर्थिक अबस्था निकै कम्जोर छ । कृषि पेशाबाट सामान्य जम्मा भएको रकमले नेपालका अस्पतालहरुमा श्रीमति लक्ष्मी वलीको उपचार गर्दा गर्दै रु ३ लाख जति  सकाए। घरमा भएको पैसा सकियो तर उनको सन्चो भएन। पति हेमराजले हिक्मत लिदै ऋण सापटी गरेर भारतको हिमाचल प्रदेशको सिम्लाको स्लोडनमा रहेको  आइ.जि.एम.सी. क्यान्सर अस्पतालमा लिएर जाँच गराउदा आन्द्राको क्यान्सर पत्ता लाग्यो ।

बिरामी लक्ष्मी वलीको आन्द्राको शल्यक्रिया गरेर सोही क्यान्सर अस्पतालमा थप उपचार भैरहेको छ । बिरामीलाई  डिस्चार्ज गर्न  पैसा अपुग भएपछि बिरामीलाई उपचारमै राखेर घर फर्केका छन। उनले अब क्यान्सर अस्पतालमा भारतिय रुपैया ६ लाख बुझाउनु पर्नेछ । लक्ष्मी वलीका श्रीमान घरमा भएको भेडा, बाख्रा, गोरु, कुखुरा, बेचर पैसा जम्मा गरिरहेका छन।  घरबाट आउने पैसा अपुग भएकाले सहयोग गरिदिन अनुरोध गरेका हुन ।

गाउपालिका र वडा कार्यालयमा क्यान्सर पिडितको उपचारकोलागि सहयोग गरिदिन अनुरोध गरेकोमा  गाउपालिकाको तर्फबाट सहयोग गर्न नसकिने तर ब्यक्तिगत सहयोग गर्न सकिने आसवासन दिएको बताए । गाउपालिका कार्यालयले  सहयोगकोलागि सिफारिस गर्दै अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस