• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा २०७८ असोज २४ गते आइतवार

आइतबार रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका १ सल्लीबोटबाट ववा खोला जाँदै गरेको लु१च ९४९३ नम्बरको बोलेरो जिप छेरा पोखरा भन्ने ठाउँमा दुर्घटना हुँदा रोल्पा नगरपालिका १ खेवासेका २० वर्षीय चालक गोर्बधन घर्ती मृत्यु भएको हो।  

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार रोल्पा नगरपालिका १ सल्लीबोटका २३ वर्षीय सहचालक नबिन पुन गम्भीर घाइते भएका छन्। उनलाई रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ। प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको छ।

जिप सडकबाट करिब ३० मिटर तल खसेको छ। स्थानीयका अनुसार प्रहरी र स्थानीयको सहयोगमा घटना स्थलमा उद्यार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस