बाजुरा जुड्डिमा पहिरो जादा कर्णाली नदी नै थुनिएको छ । बाजुराको जगन्नाथ गाउँपालिका कार्यालयको पारिपट्टीको भीरमा बिहानदेखि पहिरो जान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा जनाएको छ। कालिकोट पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालका अनुसार पहिरोले नदी थुनिदा आज कर्णाली नदिकाे बहाव सतह समेत कम हुदै गयकाे बताए ।

उनका अनुसार एक्कासि नदीको बहाब कम हुदा नदिको किनारमा माछाहरु छट्पटी गरिरहेको देखिएका बताए । थुनिएको कर्णाली जुनसुकै समयमा पनि फुट्न सक्ने भएकाले जोखिमको अबस्थालाई ख्याल गरि नदि आसपासका क्षेत्रमा सचेत सतर्कता अपनाउन अनुराेध समेत गरेका छन
हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासी घटेकोमा नागरिकमा त्रास फैलिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार नदी ५० प्रतिसत सुकेको र वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको जनाएको छ ।