• एउटै दृष्टि, भिन्न कोण
  • Search

सरकार र अदालतबीच साँठगाठ भएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौ २०७८ असोज २८ गते बिहिवार

एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो सरकार र अदालत बीच साँठगाठ भएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले सरकार र सर्वोच्च अदालत बीच बार्टर सिस्टम चलेको आरोप लगाउनुभयो । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले यस्तो बताउनुभयो ।

गृह जिल्ला झापा पुग्नुभएका ओलीले दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनापछि सरकारले पूर्णता पाएको त्यो पनि जेठानलाई मन्त्री बनाएर भन्दै कटाक्ष गर्नुभएको थियो । पैसाको कारोबार भए, नभए थाहा नभएपनि सट्टापट्टा भएको स्पष्टै देखिएको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस