• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङका बिबीसी जस्ले कुखुराको मासु बेचेर ७ बर्षमै जोडे करोड सम्पत्ति

दाङ २०७८ कार्तिक ४ गते बिहिवार

तुलसीपुरमा एक युवाले दैनिक एक सय ८० केजी कुखुराको मासु बेच्ने गरेको बताएका छन् ।
तुलसीपुरको मिडिया चोक नजिकै बिबीसी मिट पसलका सञ्चालक ३१ बर्षीय भूपेन्द्रबहादुर रोकाया क्षत्री (बिबीसी) नेपाली सेनाको जागिर छोडेर तुलसीपुरमा ७ बर्ष पहिले मिट सप खोलेका थिए ।

स्थायी घर रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १० गलमपार्टी भएपनि भूपेन्द्र बजारको सम्भावनालाई अध्यन गरेर तुलसीपुरमा ब्रोइरल कुखुराको मासु काटेर बेच्न सुरु गरेका थिए ।

जागिर छोड्दा उपदान मार्फत प्राप्त एक लाख ८० हजार नगद मध्य ३० हजारमा उनले बिबीसी मिट सप सञ्चालन गरेका थिए । बिबीसी उनको छोटकरी नाम हो । आज उनले ब्रोईरल कुखुराका साथै माछा, हाँस र लोकल कुखुराको पनि मासु बेच्ने गर्छन ।

भूपेन्द्रले सोही पसल बाट दैनिक एक क्वीन्टल जति मासु बेच्ने गरेको बताए । यो बाहेक तुलसीपुुरेकै बाहिनी चोक र तुलसीपुरको बरुवा गाउँमा पनि उनका थप दूई वटा मिट सपहरु खोलेका छन् । ती ठाउँका पसलहरु सहयोगी र घर परिवारको सहयोगमा सञ्चालन गर्दै आएको भूपेन्द्रले बताए ।

भूपेन्द्रले आज खर्च कटाएर दैनिक ७÷८ हजार बचत गर्ने गरेको बताए ।
चार बर्ष अगाडि सोही मेहनतबाट भूपेन्द्रले तुलसीपुर १२ पुकार पसल नजिक साढे २० लाख बढीमा एक कठ्ठा बढी क्षेत्रफलको घडेरी जोडेका छन् ।

त्यस्तै तुलसीपुर ६ बरुवा गाउँमा गत बर्ष मात्रै ५५ लाखको १२ धुर अर्कौ घडेरी जोडेको भूपेन्द्रले जानकारी दिए ।
भूपेन्द्रका अनुसार कुनैपनि काममा इमान्दारिता र निरन्तरता राख्न सके सफलता हासिल गर्न सकिने विश्वास ब्यक्त गर्छन ।

भूपेन्द्रका अनुसार मेहनत गर्नेहरुका लागि नेपालमै आम्दानीका प्रसस्त स्रोतहरु रहेको बताउँछन् । युवा पुस्तामा स्वदेशमा आँफूले केही नगर्ने, लाज मान्ने प्रबृति गलत भएको भूपेन्द्र बताउँछन् । लाखौं खर्च गरेर बिदेश जानु भन्दा स्वदेशमै सृजनसिल काम गर्न उनले युवालाई आग्रह गर्छन ।

प्रतिक्रिया दिनुहोस