• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ८ औं विकास योजना सार्वजनिक

काठमाडौ २०७८ कार्तिक १७ गते बुधवार

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ८ औं विकास योजना (सन् २०२१ देखी २०२५सम्म) आज केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ । योजना निर्माण कार्यदलका संयोजक प्रा. डा. विश्वकेशर मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नेरेसोका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पनन भयो । कार्यक्रममा नेरेसोका उपध्यक्ष शर्मिला कार्कि, महामन्त्री पिताम्बर अर्याल, नेरेसो केन्द्रीय कार्य समिति (तदर्थ)का अन्य पदाधिकारी तथा सदस्यहरु, रेडक्रसको अन्तर्राष्टिय महासंघका कार्यबाहक नेपाल प्रमुख हर्बे गजेउ ( Herve Gazeau), नेरेसोका निर्देशक, विभागिय प्रमुख तथा उपनिर्देशकहरु, नेपाल स्थित साझेदार राष्टिय सोसाइटीहरु (अमेरिकन रेडक्रस, ब्रिटिस रेडक्रस, क्यानेडियन रेठक्रस, डेनिस रेडक्रस, फिनिस रेडक्रस) का नेपाल प्रमुख तथा प्रतिनिधिहरु लगायत नेरेसोका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सोसाइटीका अध्यक्ष डा. तिम्सिनाले नेपाल रेडक्रसको समग्र विकासका लागि यो योजना अति महत्वपूर्ण दस्तावेज रहेको धारणा व्यक्त गर्नुभयो । अध्यक्ष डा. तिम्सिनाले भन्नुभयो, “नेपाल रेडक्रसको विसको दस्तावेजको रुपमा यो योजना तयार भएको छ । उसको प्रभावकारी कार्यन्वयनका लागि सबै साझेदार निकायहरुमा यो योजनाको अभिमुखिकरण गर्नु आवश्यक छ ।” यसैगरी सोसाइटीका उपाध्यक्ष एवं योजना निर्माण समितिका संयोजक प्रा. डा. मास्केले यो योजना राष्ट्रिय सोसाइटी विकासको समग्र रुपरेखा भएको बताउँदै भन्नुभयो, “ हामीले यो योजना निर्माण गर्दा नेपाल सरकारको १५ औं विकास योजना, फेडेरेशनको रणनीति २०३० तथा अन्य नागरिक समाजका विकास योजनाहरुसँग समरुप हुने गरी निर्माण गरेका छौं ।”
कार्यक्रमलाई सम्वोधन गर्दै सोसाइटीका महमन्त्री पिताम्बर अर्यालले यो योजना नेरेसोको विकासको मार्गचित्र रहेको बताउनुभयो । महामन्त्री अर्यालले भन्नुभयो, “सोसाइटीको यस विकास योजनाले आगामी पाँच बर्षका लागि हाम्रो लक्ष्य निर्धारण गरेको छ ।” यस योजनको कार्यन्वयका लागि साझेदार सबैको सहयोगको समेत अपेक्षा रहेको बताउनुभयो । यसैगरी रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका कार्यवाहक नेपाल प्रमुख हर्बे गजेउले नेरेसोको यो विकास योजना महासंघको रणनीति २०३० सँग समरुप भएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “यस विकास योजनाले सोसाइटीको अग्रगामी विकासको सपना साकार गर्नेछ । यो योजना समग्र रेडक्रस अभियानको योजनको एक अंग बनेको छ ।”
कार्यक्रमको सञ्चालन तथा सहजीकरण गर्दै सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले यो योजनाको कार्यन्वय गर्न सोसाइटीले विस्तृतमा अभिमुखिकरण गर्दै जाने कुरामा जोड दिनुभयो । योजना निर्माण समितिका सदस्य सचिव एवं सोसाइटीका उपनिर्देशक तारा गुरुङ्गले कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस