• एउटै दृष्टि, भिन्न कोण
  • Search

एमसीसी देशको हितमा छैन: महरा

रोल्पा २०७८ कार्तिक १७ गते बुधवार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले ५५ अर्व हैन, ५५ खर्ब नै सहयोग आएपनि संसदबाट पास गर्न आवश्यक नरहेको बताएका छन् । मंगलबार प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अधिवेशनलाई लिवाङमा सम्बोधन गर्ने क्रममा महाराले कुनै पनि हालतमा एमसीसी नेपालको पक्षमा हुन नसक्ने भन्दै उक्त कुरा बताएका हुन् ।
“देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठूलो रकम फिर्ता गर्नु हुँदैन भनिरहेका छन् । तर एमसीसीबाट ५५ खर्व नै सहयोग प्राप्त भएपनि त्यो देशको स्वाधिनता भन्दा माथि हुन सक्दैन” – महराले भने । 
प्रतिनिधिसभाका पुर्वसभामुख समेत रहेकामहराले सम्बोधनका क्रममा आफ्नो अधिकांश समय राष्ट्रिय स्वाधीनताको वकालत गर्दै एमसीसी विशुद्ध विकास कार्यक्रम  नभएर सैनिक रणनीतिसंग जोडिएको बताए । हाम्रो देशबारे अरु देशको राजधानीमा किन छलफल हुन्छ भन्दै प्रश्न गरे ।
त्यसैगरी महाराले पत्रकारहरूले कुनै दल र दलको नेताबाट प्रभावित नभएर देश र जनताको पक्षमा लेख्नुपर्ने बताए । “हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन दलिय विचारभन्दा माथि उठेर देश र जनताको मिसनमा हुनुपर्छ” उनले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वास रहेका महराले पछिल्ला दिनमा देशको स्वाधीनता खतरामा परेको औंल्याउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस