नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे भन्दै नेपाल बन्दकाे घाेषणा गरेकाे छ । पार्टीका महासचिव विप्लवले बिहिवार एक वक्तव्य जारी गर्दै सरकारले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाेमा बिराेध गर्दै संघर्षका कार्यक्रमकाे घाेषणा गरेका हुन् ।
कार्तिक २५ गतेदेखि कार्तिक ३० गतेसम्म संघर्षका कार्यक्रम रहेकाे वक्तव्यमा उल्लेख गरिएकाे छ ।
कार्तिक २५ गते दिउँसाे ३ बजे देशव्यापी विराेध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसाे १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दकाे घाेषणा गरिएकाे छ ।
सरकारले पेट्राेलियम पदार्थमा २ सय प्रतिशत मुल्य वृद्धि गरेर लुटतन्त्र गरेकाे विप्लवकाे भनाइ छ ।