• एउटै दृष्टि, भिन्न कोण
  • Search

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका सभापतिमा श्रेष्ठको उम्मेदवारी

सिन्धुपाल्चोक २०७८ मङ्सिर ५ गते आइतवार

नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाईका पूर्व अध्यक्ष तथा पुर्व क्षेत्रीय सदस्य, युवा नेता मोहन कुमार श्रेष्ठले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउपलिकाको सभापतिमा उमेद्वारी घोषणा गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मङ्सिर ६ गते हुन लागेको गाउपलिका अधिवेशनमा श्रेष्ठले सभापतिमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

सभापतिका उम्मेदवार बनेका श्रेष्ठ घर दैलोमा व्यस्त बनेका छन् । वडा-वडामा गरीने काङ्ग्रेसको भेलामा समेत पुगेर उनले आफुलाई मतदान गर्न अनुरोध गरेका छन् ।

श्रेष्ठले नेपाल फ्युजनसँग भने,“मैले उमेद्वारी घोषणा गरेको छु, गाउपलिका सभापतिमा मेरो उमेद्वारी तय भएको छ । आफू सभापति भएपछि गाउपलिका संगै जिल्ला निर्माणमा पार्टीको अवधारणा प्रस्तुत गर्ने एवं आगामी निर्वाचनमा पार्टीलाई सबै तहमा निर्वाचित गराउने प्रतिवद्धता समेत जनाएका छन् ।”

प्रचारप्रसारमा व्यस्त उनले आफ्नो उम्मेदवारी लोभ र लालचाको विषय नभई पार्टीलाई हाम्रो र राम्रो बनाउने अभियान भएको बताए । श्रेष्ठले सभापतिमा विजयी गराउन सम्पुर्ण कांग्रेस कार्यकर्तामा आव्ह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस