नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सोलुखुम्बुको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पुजा फुयाल विजयी भएकी छन।
मङ्सिर २ गते भएको निर्वाचनमा महिला (खस आर्य) कोटाबाट निर्वाचन लडेकी फुयाल र टंकीमाया बस्नेतले समान ४०३ मत प्राप्त गरेका थिए । गोलाप्रथा मार्फत नतिजा सार्वजनिक गर्दा फुयालले बाजि मारेकी हुन। ‘म त एकदमै दुखित भइसकेकी थिए भर भाग्यमा थियो भाग्यले पनि साथ दियो फुयालले भनिन’ ।
जिल्लाको नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा निर्वाचित फुयालले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि विजयी भएकी हुन।
फुयाल अहिले सम्मको नतिजालाई हेर्दा देशकै कान्छी महाधिवेशन प्रतिनिधि हुन। उनी अहिले २१ बर्षकी मात्र भएकी छन ।
राजनीतिमा सानै देखि चासो राख्ने पुजा नेपाल विद्यार्थी संघ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत हुन।