सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । यसै सन्दर्भमा निर्वाचन आयोगले सबै जिल्ला प्रशासन र इलाका प्रशासनमा गर्दै आएको मतदाता नामावली संकलन सबै स्थानिय तहको केन्द्रमा पनि संचालन गर्ने सुचना जारी गरिसकेको छ ।
पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।
स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगले आन्तरिक तयारी सुरु गरिसकेको जनाएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।