• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित

भक्तपुर २०७८ मङ्सिर १४ गते मङ्गलवार

नेपाली कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्।

थापा पाँच सय ५५ मतसहित निर्वाचित भएका हुन्।

सभापतिका अर्का उम्मेदवार अष्टकुमार कवेले चार सय ४२ मत ल्याएका थिए। उनी संस्थापनइतर समूहका हुन्।

सभापति निर्वाचित भएका थापा सभापति शेरबहादुर देउवा पक्षका हुन्। उनी यसअघि पनि भक्तपुरका सभापति थिए।

प्रतिक्रिया दिनुहोस