नेपाली कांग्रेसको संस्थापनइतर समूहले लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनलाई अघि सारेको छ ।
पौडेल समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) उम्मेदवार छन् । सहमहामन्त्रीका उम्मेदवारहरुमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) रहेका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँके बाहेक ११ जिल्लाको अधिवेशन सकिंदा रुपन्देही र बर्दिया बाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।
पुन रोल्पाका निवर्तमान जिल्ला सभापति हुन भने शाह रुपन्देही–५ बाट लगातार तीनपटक निर्वाचित सांसद हुन् । उनी सार्वजनिक लेखा समितकिा सभापति र पूर्व अर्थराज्यमन्त्रीसमेत हुन् ।
लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा आजदेखि शुरु हुँदै छ ।