• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेसले ६ प्रदेशमा आज नयाँ नेतृत्व पाउँदै

काठमाडौ २०७८ मङ्सिर १८ गते शनिवार

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज प्रदेशको अधिवेशनमा निर्वाचन हुँदैछ । गत बिहीबारदेखि जारी अधिवेशनमा आज मतदान हुन लागेको हो । आज ६ प्रदेशमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

मुलुक संघीयतामा गएपछि पहिलो पटक कांग्रेसले चुनावमार्फत नेतृत्व चयन गर्न लागेको हो । कांग्रेसको महाधिवेशन भने काठमाडौंमा यही मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

आज एकैदिन ६ प्रदेशको मतदान हुँदै गर्दा प्रदेश २ मा भने भोलिमात्र मतदान हुने भएको छ । यसपालिको निर्वाचनमा विशेषगरी संस्थापन र इतर पक्षबीच भिडन्त भइरहेको छ । कुनै क्षेत्रमा संस्थापन र कुनै क्षेत्रमा इतर पक्षबीच निकै कडा टक्कर देखिने समीकरण बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस