• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस लुम्बिनी अधिवेशनमा मतदान सकियो, ३९ मत खसेन, गणनाको तयारी हुँदै

रुपन्देही २०७८ मङ्सिर १८ गते शनिवार

नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको मतदान सकिएको छ । शनिबार बिहान ८ बजे देखि सुरु भएको मतदान साँझ ६:३० मा सकिएको छ । लुम्बिनी प्रदेशमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यहाँ १ हजार ६ सय ७० मतदाता थिए । लुम्बिनीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट भरत कुमार शाहले नेतृत्व गरेका छन् भने इतरबाटअमरसिंह पुनले नेतृत्व गरेका छन् ।

फोटो : शेरबहादुर थापा

संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति एंव पूर्वराज्यमन्त्री हुन् ।

जिल्ला सभापति हेर्दा संस्थापन इतर पक्ष बलियो छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमध्ये नौ वटा जिल्लाहरुमा पौडेल पक्षले सभापति जितेको छ । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ । बाँके जिल्लाको अधिवेशन अझै हुन सकेको छैन ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लामा जिल्लागत निर्वाचन भएको छ ।

प्रतिक्रिया दिनुहोस