• एउटै दृष्टि, भिन्न कोण
  • Search

कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौ २०७८ मङ्सिर १९ गते आइतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई हराउदै राजेन्द्र लिङ्देन विजयी भएका छन्।

जारी महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानबाट अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेका हुन्। उनले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।।

राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस