नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति पदका लागि भएको निर्वाचनको मत गणनामा अमरसिंह पुनले अग्रता कायम गरेका छन् ।
२६५ मत गणना हुँदा सम्म पुनले १५७ मत प्राप्त गरेका छन भने भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन् ।
शाह संस्थापन पक्षको नेत्रित्व गरेका छन् भने इतरबाट पुनले नेतृत्व गरेका छन् ।
उपसभापतिमा अष्ठभुजा पाठकले १५०,भुवनप्रसाद श्रेष्ठले १५०,राजु खनालले १०९ र सुधाकर पाण्डेले ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै महामन्त्रीमा खिमान सिंह रायमाझीले ८१,जन्मजय तमिल्सिनाले ९२,विक्रम खनालले १६३ र सुरेन्द्रराज आचार्यले १५६ मत प्राप्त गरेका छन् ।