• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेश अपडेट : ४१५ गणना हुदा पुनको अग्रता काएमै

रुपन्देही २०७८ मङ्सिर १९ गते आइतवार

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनले अग्रता लिएका छन ।

हालसम्म ४१५ मत गणना हुदा सभापतिमा अमर सिंह पुन मगर २५० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भरत कुमार शाहको १६२ मत प्राप्त गरेका छन ।

संस्थापनइतर समूहले लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनलाई अघि सारेको हो । पुन रोल्पाका निवर्तमान जिल्ला सभापति हुन भने शाह रुपन्देही–५ बाट लगातार तीनपटक निर्वाचित सांसद हुन् । उनी सार्वजनिक लेखा समितकिा सभापति र पूर्व अर्थराज्यमन्त्रीसमेत हुन् ।

लुम्बिनी प्रदेशको सभापतिका लागि रुपन्देहीको भैरहवामा मत गणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस