• एउटै दृष्टि, भिन्न कोण
  • Search

उपबिजेताको सल्लाह अनुसार पार्टी संचालन गर्छु : नवनिर्वाचित सभापति पुन

रुपन्देही २०७८ मङ्सिर २१ गते मङ्गलवार

नेपाली काग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा उपबिजेता नेतृत्व देखी सबैको सल्लाह अनुसार नै लुम्बिनी प्रदेशको काग्रेस अगाडी बढ्नेमा विश्वस्त रहन नवनिर्बाचित सभापति अमरसिंह पुन ले बताएका छन। सभापतिमा निर्बाचित भएपछि निर्बाचन समितीको घोषणा सभालाई सम्बोधन गर्दै सबै तहका नेतृत्वलाई मिलाउदै लैजाने बताएका हुन ।

“यो कसैको जित र कसैको हारको कुरा होइन यो त लोकतान्त्रीक पार्टिको लोकतान्त्रीक विधी हो त्यसैले निर्बाचनमा सहभागी भई विजय भएकाहरुले धेरै खुसी भएर मात्ति हाल्नुपर्ने र उपबिजेता बन्नुपर्दा निरास हुनुपर्ने अवस्था छैन हामी सबै उपबिजेताहरुको सल्लाह अनुसार नै अघि बढ्छौँ ”  पुनले भने । उनका अनुसार काग्रेसलाई एकढिक्का बनाउने कुरामा सबैको महत्व उत्तीकै रहेको र कसैले दम्भ र कोही निरासको बातावरण हुने छैन ।
निर्बाचन सम्पन्न गराउन भुमिका रहेका निर्बाचन समिती, सुरक्षाकर्मी, पत्रकार, रुपन्देही जिल्ला समिती लगायत विभीन्न ठाउँबाट भुमिका खेल्ने सबैलाई धन्यबाद व्यक्त गरे । आफुलाई मत दिने नदिने सवै मतदाता, विजयी वनाउन अहोरात्र खट्ने आफना अग्रज नेता साथीभाई, विभीन्न भुमिकामा रहेर आफु र आफनो टिमलाई विजयी वनाउने सबै सबैलाई बिशेष धन्याबाद र आभार प्रकट गरे ।

नवनिर्वाचित सभापति पुनले प्रदेश पार्टिकालागी आफुहरु संस्थापन हुन पाएकोमा जत्तिगर्व महसुस भएको छ त्यो भन्दा बढी आफु अनि आफनो टिमलाई चुनौति रहेको जिकिर गरे। काम गर्नका लागी हामीसगँ अहिले एउटा पेन र रजिस्टर समेत छैन, यो जिम्मेवारी एउटा खुसीको भन्दा पनि चुनौतिको हो तर हामी अब कसरी अरु सबै प्रदेश भन्दा राम्रो वनाउने भन्नेमा हामी लाग्ने छौ, थुप्रै समस्याहरु छन,१२ जिल्लामा रहेका काग्रेसको भविष्य हामी सगँ जोडीएकाले पनि सवै जिल्लामा अवका स्थानीय तहका निर्बाचन देखी प्रदेश संघको निर्बाचन कसरी जिताउन सकिन्छ हाम्रो पहिलो एजेण्डा यही हुनेछ, संगठन निर्माण जोड दिदै पार्टिलाई मजबुत वनाउने उनको भनाइ छ।

नेपाली काग्रेसको १४ औँ  केन्द्रीय महाधिवेसन सम्पन्न भए पश्चात आफुहरु सक्रियतापूर्वक पार्टीको काममा लाग्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस