चर्चित गायक भगिरथ चलाउने र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘सम्झना लेउ पछेउरी’ बोलको गीत सार्बजनिक भएको छ ।
केबी चलाउनेको लय रहेको उक्त गीतमा भगिरथ चलाउनेकै संगीत रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियो लाइ मौसम हिमालीले निर्देशन गरेका छन् भने भिडियोमा उषा उप्रेती र भागिरथ चलाउनेलाई देख्न सकिनेछ।
मनोज कार्कीले सम्पादन गरेको भिडियो मन क्रियशन ब्यानरमा निर्माण भएको हो । यस भिडियोलाई भगिरथ चलाउनेले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका छन। उक्त गीतले अहिले चारै तिर चर्चित बन्दै गइरहेको छ ।
