
जब तिमी घोडाबाट खस्छौ,
सत्ताको अहंकार मर्छ,
न त तिमी राजा, न हामी रैती,
केवल दुई आत्मा,
जतिबेला तिमी बुझ्नेछौ
सत्ता त अस्थायी रहेछ,
यि माग त हाम्रै माग रहेछन,
ठिक,
त्यसैबेला भेटौंला
सिंहासनमा होइन,
सडकको धुलोमा,
जहाँ
तिम्रो मुकुट उत्रेको हुन्छ,
र,
तिमी मान्छे भैसकेका हुनेछौं ….!!

