• एउटै दृष्टि, भिन्न कोण
  • Search

कविता: राेल्पाकाे चिनारी

रोल्पा २०८० फाल्गुन ६ गते आइतवार

स्याउ र आलु जिनाबाङ, अल्लाे थबाङकाे ।
गाम सेरम भेडिकम्बल, मह काेर्चाबाङकाे ।।
राँक पाखापानी घ्यु सस्तो, झिनुवाकाे दही ।
पारीबाङ करेटी सुन्तला, माडि माछा छ है ।।

बुढागाउ नुवागाउ तरकारी, निगालपानी बजार ।
जुगारी चामल मिठाे, पुर्खेली तालाबाङ्गी व्यापार ।।
ट्रपल च्याउ नमुना छ,भस्माखाेर दामाङका केरा ।
काेइलाबास नुन लिदा,भाङ्गाबारी हुँदै घट्टबाेट डेरा ।।
हाेलेरी घर्तीगाउँ अनि बागमारा लिवाङ सुलिचाैर ।
जुगार सुरपाल बजारक्षेत्र , विमानस्थल बडाचाैर ।।

भाङ्गाे, घ्यु व्यापार डल्सिङ्गे, पाछाबाङ रुँघा भिमल ।
जथाक र जलजला जंगल, चिउराबाेट बाङ्गे सिमल ।।
सखी झेनाम डुब्रिङ रुन्टी, जाैलिपाेखरी अनि स्युरी ।
सुनछहरी,परेवा खस्ने झरणा, महाप्रभुकाे शिर प्युरी ।।
जेलवाङ उवा असाध्यै पुवा,अरेस रुइनिबाङ हार्जाङ ।
कुरेली कुरिलाे, खरिबाेट खरि,राङ्सि राङकाेट पाङ ।।

गैरिगाउ तिला सुलिचाैर शिला,जङकाेट पारी दारबाेट ।
इरिवाङ ढुङ्गेखानी,एनाबाङ गाउँ दरबार खुङ्ग्रीकाेट ।।
सातदोबाटो खुमेल चुनारेभिर, ह्वामा झ्याम र मसिना।
मनाेरम प्रकृति जलजला घमिरेलेक हिउँ र असिना ।।
गुम्चाल रेउघा काेटगाउ,मिरुल दुविडाँडा र घाेडागाउ।।
गजुल फगाम पिरति लगाम ,आहा कति राम्रा ठाउँ  ।।
मिझिङ हुदै सुलिचाैर,सिर्प अनि बाङ्गैबाङकाे वस्ती ।
तेवाङ जाैलिपाेखरी जैमकसला जेदबाङ पनि हस्ति ।।

   ✍️अमृत बहादुर वली

प्रतिक्रिया दिनुहोस