• एउटै दृष्टि, भिन्न कोण
  • Search

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” भर्चुलरुपमा उद्घा्टन

काठमाडौ २०८० भाद्र १६ गते शनिवार

नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको भर्चुअलरुपमा देशभरका सबै वडामा एकसाथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरेका छन् । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घा्टन समारोह !

यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका –२ घट्टेडाँडाको कार्यक्रममा जाने छन् । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअलमार्फत एकसाथ ब्यानर खोलेर अभियानको उद्घाटन गरेका हुन् । 
 
अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे । 
सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ।’

 
उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ । एकाथरि मानिस परिवर्तनलाई उल्टो गतिमा हिँडाउन खोज्दैछन्, सरकारले गरेको राम्रो कामबाट अत्तालिएर विभिन्न भ्रम छर्ने काम भइरहेको छ । त्यसका विरुद्ध एकताबद्ध हुन सबैलाई आग्रह गर्छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस