नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधीले पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाउने दाबी गरेका छन् ।
सभापति शेरबहादुर देउवाबाट विद्रोह गरेर सभापतिको चुनावी मैदानमा रहेका निधिले आइतबार भृकुटीमन्डपमा भोट माग्दै पत्रकारहरुसँगको संक्षित कुराकानीमा दोस्रो चरणको चुनाव भएमा आफूले देउवालाई नसघाउने घोषणा गरेका हुन ।
‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउदैनन् । दोस्रो चरणमा हुने चुनावमा देउवा इतर हामी एक ठाउँ हुनेछौं’, उनले भने ।
सभापतिका लागि हाल देउवा, निधी, डा.शेखर कोइराला, कल्याण गुरुङ र प्रकाशमान सिंह दौडमा छन् ।