काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवा भोट माग्दै नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका छन् ।
काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएपछि पहिलो चरणबाट बाहिरिएका प्रकाशमानलाई भेट्न तथा मत दिन आग्रह गर्दै देउवा चाक्सीबारीमा पुगेका हुन् ।
यसअघि देउवा समूहकै नेता बालकृष्ण खाँण प्रकाशमानलाई भेट्न बिहानै पुगेका थिए भने अहिले फेरि देउवा पनि पुगेका हुन् ।
काँग्रेस सभापतिको दोस्रो चरणको चुनावमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि पहिलो चरणको चुनावबाट प्रकाशमानसहित विमलेन्द्र निधि र कल्याण गुरुङ बाहिरिएका थिए । देउवाले निधि र प्रकाश सिंहलाई फकाउन सके उनको पक्षमा बहुमत पुग्न सक्ने देखिएको छ।
पहिलो चरणको चुनावमा देउवालाई बहुमत ल्याउन ८२ मत पुगेको थिएन ।