• एउटै दृष्टि, भिन्न कोण
  • Search

देउवालाई समर्थन गरे बापत प्रकाशमानलाई तत्काल उपप्रधानमन्त्री दिने सहमति

काठमाडौ २०७८ मङ्सिर २८ गते मङ्गलवार

कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्।

द्रोसो चरणमा हुने मतदानमा सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ। समर्थन गरे बापत तत्काल उपप्रधानमन्त्री बनाउने सहमतिसँगै अरु पनि राजनीतिक लेनदेन भएको स्रोतको दाबी छ।

दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र ले शेरबहादुर देउवालाई समर्थन गरेपछि उनको जित सुनिश्चित जस्तै भएको छ।

सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। दोस्रो चरणको चुनावका लागि मंगलबार दिउँसो ३ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म मतदान हुने भएको छ।

प्रतिक्रिया दिनुहोस