• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता, यी हुन ६ उम्मेदवार

दाङ २०७८ पुष २० गते मङ्गलवार

राष्ट्रिय सभामा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर सत्तारुढ दलको तर्फ बाट ३ जना र नेकपा एमालेको तर्फबाट तीन जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन ।

सत्तारुढ दल अन्तरगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गरेका हुन ।

माघ १२ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनले राष्ट्रिय सभामा पनि मिलेरै मनोनयन दर्ता गराएको छ । मनोनयन दर्ता गराउन जाँदा सत्तारुढ दलका उम्मेदवारहरु संयुक्त रुपमा घोराहीस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए ।

त्यस्तै एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता छन ।

तस्बिर : निसानदाजु भट्टराई/दाङ

प्रतिक्रिया दिनुहोस