• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु,दुई जना घाईते

काठमाडौ २०७८ पुष २५ गते आइतवार

दाङमा मोटरसाईकलन अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा २ प १८४० नम्वरको मोटरसाईकल घोराही ११ बुकालीडाँडा नजिकै जिपलाई ओभरटेक गर्ने क्रममा शनिवार बेलुकी पौने सात जिप र टिप्पर संग ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

जिपलाई ओभरटेक गर्ने क्रममा सोहि दिशा तर्फ जादै गरेको लु अ प १२५६ अस्थायी नम्वर प्लेड भएको जिप संग ठोकिएर अनियन्त्रित भएको मोटरसाईकल ना ७ ख ५३१२ नम्वरको टिप्पर संग पनि ठोकिएको उहाले जानकारी दिनुभयो ।

मोटरसाईकल दुर्घटना हुदा चालक घोराहरी १० बस्ने ५३ बर्षिय पदम बस्नेत, सोहि ठाउँ बस्ने ४६ बर्षिय मदन बस्नेत र घोराही ११ बस्ने ४६ बर्षिय टेक बहादुर बस्नेत घाईते थिए । घाईते मध्ये चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा सात बजे निधन भएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

अन्य दुई जना घाईते भएकोमा मदन बस्नेतको सामान्य उपचार पछि गएराती डिस्चार्ज भएको र टेक बहादुर बस्नेतलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको उहाले जानकारी दिनुभयो । प्रहरीले जिप चालक र टिप्पर चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस