• एउटै दृष्टि, भिन्न कोण
  • Search

रुखबाहेकमा भोट हालिँदैन, कांग्रेस एक्लै चुनाव लड्छ : कोइराला

सुनसरी २०७८ पुष २५ गते आइतवार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।

शनिबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।

नेता कोइरालाले भने, “अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिह्न रुखबाहेक अन्य चिह्नमा मत नहाल्ने आशय व्यक्त गरिसकेका छन् । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।”

प्रतिक्रिया दिनुहोस